बुधवार राती ८ बजे पछि थप १९ सहित ७३ जना संक्रमित थपिए

भेरी अस्पतालमा राती ८ बजे पछि पुनः कोरोना संक्रमित १९ थपिएको जनाएको छ । यो सग्गै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो । हालसम्म ९ सय १५ जना निको भएका छन् । ८ जनाको भने मृत्युु भइसकेको छ ।
बेलुका थप २ जनामा संक्रमण देखिए पछि बाँकेमा एकै दिन ५४ संक्रमित
बुधबार ५२ जनामा कोरोना संक्रमण ७७ निको

बाँकेमा उच्च अदालत तुलसीपुर नेपालगन्ज गरी भेरी अस्पतालमा गरिएको परिक्षणमा ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने बुधवार बेलुका बागेश्वारी पिसीआर ल्याबले दिएको रिपोर्टमा गरिएको परिक्षणमा थप २ जना गरी एकै दिन ५४ संक्रमित भएका छन् । नेपालगंज उपमहानगर पालिका १० र ५ का गरी एक-एक जना थपिएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाउनु भयो । यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो । हालसम्म ९ सय १५ जना निको भएका छन् । ८ जनाको भने मृत्युु भइसकेको छ ।


