बैतडीको डिलाशैनी गाउपालिकाको केन्द्र पंसेरा तोकिने निर्णय कार्यान्वयनमा रोक
बैतडीको डिलाशैनी गाउपालिकाको केन्द्र पंसेरा तोकिने निर्णय कार्यान्वयनमा रोक लगाएको छ । यहि कार्तिक १८ गते सरकारको संघिय मामिला तथा समान्य प्रसासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरीसदको कर्यालय सिहदरबारमा बसेको बैठकले पंसेरा तोकेको निर्णय कर्यान्वयनमा रोक लगाएको हो ।
डिलाशैनी न्यायिक आन्दालेन समितिको ८ महिने लामो आन्दोलन पश्चात संघिय सरकारले डिलाशैनी गाउपालिकालाई केन्द्र कार्यान्वयनमा रोक लगाएको हो । २०७६ चैत्र ३ गते डिलाशैनी गाँउसभाले गरेको पालिकाको केन्द्र वडा नं ३ को पंसेरा तोक्ने निर्णयप्रति जनताको बिरोध रहेकाले कार्यान्वयन नगर्न नगराउन भनि पत्राचार गरेको छ ।
गाँउपालिकाबाटै समन्वय र छलफलको माध्यमबाट स्थानिय सरकार सञ्चालन ऐन २०७४ बमोजिम प्रक्रिया अघि बढाउन आदेश जारी गरिएको हो । यसैगरी संघिय सरकारले पालिकाको केन्द्रको बिवाद सुल्झाउन गाउपालिकालाई नै आदेश जारी गरेसँगै डिलाशैनी न्यायिक आन्दोलन समितिले पनि आफ्ना आन्दोलन तत्कालका लागि स्थगित गरेको छ ।
चैत्र २ गते देखि वडा नं ४ ५ र ७ मा लागेको ताला खोलिने डिलाशैनी न्यायिक आन्दोलन समितिले बिज्ञप्ती मार्फत जानकारी गराएको छ । यसैगरी बिज्ञप्ती मार्फत न्यायिक आन्दोलन समितिले आन्दोलनमा साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन समेत गरेको छ । धनगढीखबर


