२४ आश्विन २०८३, शनिबार

बैतडीमा पनि काङ्ग्रेसको बिरोध प्रदर्शनको जनलहर

एसीपी संवाददाता

२९ मंसिर २०७७, सोमबार २२:३८ मा प्रकाशित

सरकारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैतडीमा पनि विरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट सुरु भएको र्याली गोठलापानी, शाहीलेकहुँदै गढीमा कोणसभामा परिणत भएको थियो ।

सरकारले अधिनायकवाद ल्याउन खोजेको, तनहुँमा नेपालीका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सत्ताको दुरुपयोग गरेर पक्राउ गरेको, कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सरकार असफल भएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागी नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले सरकार कोरोना महामारीबीच पनि भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । नागरिक रोग र भोकसंग लडिरहेका भएपनि सरकारले कुनै किसिमको पहल नगरेको कांग्रेसका नेता कार्यकर्ताहरुको आरोप छ ।

सरकारले गरेका जनविरोधी कामका बारेमा नागरिकलाई जानकारी दिन विरोध प्रदर्शन गरिएको नेपाल तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले बताए । उनले भने ,‘अहिलेको महामारीको अवस्थामा पनि सरकार नागरिकप्रति उत्तरदायी नभएकाले सरकारलाई खबरदारी गर्न विरोध प्रर्दशन गरेका हौं ।’

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले वर्तमान सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको बताए । उनले भने, ‘यो सरकार अहिले भ्रष्टाचारमा लिप्त रहेको छ । नागरिकलाई महामारीको समयमा सरकार भएको आभाष दिन सकेको छैन् ।’

कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन जिल्लाका विभिन्न ठाउँबाट नेता, कार्यकर्ताहरु सदरमुकाम पुगेका थिए । अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x