ब्युरोद्वारा लागु औषध कारोवारमा संलग्न नौ जना पक्राउ
लागु औषध नियन्त्रण ब्युरोले बिभिन्न स्थानबाट लागु औषध कारोवारमा संलग्न ९ जनालाई पक्राउ गरेको छ ।
व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ २१ देखि माघ २६ गते सम्म गरिएको कारवाहीका क्रममा लागु औषध कारोवारमा संलग्न ९ जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका व्यक्तिहरुबाट लागु औषध एम्फटामाईन २२२ गा्रम सहित र नियन्त्रित लागु औषध २४७० एम्पल बरामद गरिएको व्युरोका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक दिलिप चौधरीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउपालिका २का ३८ बर्षिय चिज कुमार गरुङ, रौतहटको मौलापुर ९ का २८ बर्षिय दुखाकुमार यादव सुनसहरी इनरुवा नगरपालीका ६ का ३५ वषिय गोपाल निरौला,
सिन्धुपाल्चोक नगरपालिका ११ का २३ बर्षिय मान बहादुर तामाङ, भारत बिहारका ३० बर्षिय गोविन्द पोद्धार , काभ्रेको नमोबुद्ध नगरपालिका ८ का सुवास श्रेष्ठ लगाएत रहेको उहाले बताउनुभयो ।
प्रक्राउ परेका व्यक्तिहरुको आवश्यक अनुसन्धान कार्य अघि बढाएको उहाले बताउनुभयो ।


