१२ मंसिर २०८३, शुक्रबार

ब्राउन सुगरसहित जमुनाह नाकाबाट एकजना पक्राउ

एसीपी संवाददाता

११ चैत्र २०७७, बुधबार १६:०० मा प्रकाशित

जमुनाह प्रहरीले ब्राउन सुगरसहित नाकाबाट एकजना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज विष्णु गिरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका १९ बस्ने प्रेम कोरीलाई नौ सय मिलि ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपाल आउँदै गरेका उनको गतिबिधि देखिएपछि चेकजाँच गरिएको थियो । प्रहरी जवान रविन सुनारले खानतलासी गर्नुभएको थियो । त्यहीक्रममा जिनको पाइन्टको दाइने गोजीमा राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको हो ।

लागु औषध नियन्त्रणका लागि व्यूरो र जमुनाह प्रहरीले संयुक्तरुपमा नाकामा चेकजाँच र अनुसन्धानलाई तीब्र बनाएको छ । जमुनाहबाट नियन्त्रणमा लिइएका ती व्यक्तिलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय बाँके पठाउने तयारी भइरहेको ईप्रका जमुनाह इन्चार्ज गिरिले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x