२३ आश्विन २०८३, शुक्रबार

भन्सार छलि गर्दै ल्याईएको मोबाइल बरामद

एसीपी संवाददाता

२२ मंसिर २०७७, सोमबार १८:२९ मा प्रकाशित

कपिलवस्तु, मंसिर २२
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ गोलघर स्थितमा अबैध रुपमा भारत बाट नेपाल तर्फ भन्सार छलि गरि ल्याउदै गरेको आठ थान मोवाईल बरामद गरिएको छ ।
इलाका प्रहरी कृष्णनगर द्वारा खटिएको डिउटी टोलीले उक्त अबैध मोबाइल बरामद गरेको छ । अबैध रुपमा भारत बाट नेपाल तर्फ मोवाईल सेट भन्सार छली गरी लिई आउदै गरेका छन् भन्ने सुचनाको आधारमा मोबाइल बरामद गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।आवस्यक कार्यवाहीका लागी उक्त समान भन्सार कार्यालय कृष्णनगर पठाइएको साथै उक्त मोबाइलको अनुमानित मुल्य रु १,५०,०००-/(एक लाख पचास हजार)
पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ ।
आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर इन्चार्ज प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x