३२ असार २०८३, बिहीबार

भरुवा बन्दुकको गोली लागि मृत्यु, दुई जना पक्राउ !!

एसीपी संवाददाता

६ माघ २०८१, आईतवार १५:४९ मा प्रकाशित

दाङ, दंगिशरण-२ का २५ वर्षीय प्रेमबहादुर कुसारीको रूखबाट लडेर नभई सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको खुलेको छ।अनुसन्धानपछि नेपालगञ्जबाट २२ वर्षीय छबिलाल डाँगी र तुलसीपुरबाट २७ वर्षीय पुष्पलाल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। राजाकोट सामुदायिक बनबाट एकथान भरुवा बन्दुक पनि बरामद गरिएको छ।

पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यान र अवैध हातहतियार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x