१५ आश्विन २०८३, बिहीबार
भागिरथी भट्टको न्यायका लागी गरीएको आन्दोलनमा नेविसंघ बैतडीको एकबद्वता
स्वतन्त्र विद्यार्थी द्वारा गठित संघर्ष समिति ले गरेको आन्दोलन मा नेपाल विद्यार्थी संघले एकबद्वता जनाएको छ।
बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको न्यायका लागि मंगलबार पनि बैतडीको साहिलेक बजार , गोठालापानी चौराहा देखि जिल्ला प्रशासन कार्यालय बैतडीको अगाडी प्रदर्शन ने वि संघ बैतडी का जिल्ला सदस्य अनिल भण्डारीले जानकारी दिनुभएको छ ।
भागरथीको बलात्कारपछि हत्यामा संलग्नहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै स्वतन्त्र विद्यार्थीहरुले आन्दोलन गरेको ने वि संघ नेता भण्डारीले जानकारी दिनुभएको छ।
उक्त बिरोध प्रदर्शन मा ने वि संघ बैतडीका जिल्ला अध्यक्ष कपिल केसी ज् लगायत ने वि संघका जिल्ला सदस्यहरु एवम थुप्रै नेतागणहरुको उपस्थिति रहेको ने वि संघ नेताले जानकारी दिनुभएको छ।
Subscribe
Login
0 Comments


