२५ श्रावण २०८३, सोमबार

भारतबाट थप १० लाख खोप चैत्रमा आउने

एसीपी संवाददाता

१ चैत्र २०७७, आईतवार ०५:४९ मा प्रकाशित

सरकारले यही महिनाभित्र भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरेको खोप नेपाल आउने जनाएको छ ।

कम्पनीले यही महिनाभित्र बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले जानकारी दिएका छन ।

कोभ्याक्समार्फत आउने खोपको थप १९ लाख डोज मे महिनामा आउने सम्भावना रहेको छ ।

खोप आउनासाथ पालिकाहरुसँग समन्वय गरेर वितरण गरिने हुँदा केही ढिलो गरी खोप आए पनि कुनै समस्या हुने छैन ।

नेपालले भारतसँग २० लाख डोज खोप खरिद गरे पनि १० लाख मात्रै नेपाल भित्रिएको छ ।

भारतले अनुदानमा १० लाख डोज खोप दिएको थियो । कोभ्याक्समार्फत अनुदानमा तीन लाख ४६ हजार खोप नेपाल भित्रिएको थियो ।दैनिकनेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x