११ मंसिर २०८३, बिहीबार

भारतमा साताह भित्रै कोरोना विरुद्ध भ्याक्सिन लगाउन शुरु गरिने

एसीपी संवाददाता

२० मंसिर २०७७, शनिबार ०३:२४ मा प्रकाशित

भारतमा केही सातामै सर्वसाधारणका लागि कोभिड-१९ कोरोना महमारी विरूद्धको खोप लगाउन थालिने भारतीय सन्चारले जनाएको छ ।

शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अब केही हप्ताभित्रै कोरोनाको खोप तयार भइसक्ने र सर्वसाधारणलाई कोभिड-१९ कोरोना महामारी रोक थामका लागि कोरोना विरूद्धको खोप लगाउन थालिने बताएका छन् ।

प्रधानमन्त्री मोदीले बैठकमा कोभिड-१९ कोरोना खोपको विषयमा जानकारी दिने क्रममा भने, ‘भारतीय वैज्ञानिकहरुका अनुसार आगामी केही साताहमै भारतमा कोभिड विरुद्धको खोपको शुरुआत गर्दैछौँ ’ जानकारी दिए । कोरोना महामारी बिश्व शुरु भएको बेला भारतमा रहेको विभिन्न औसधिमा रिसर्च थालिएको थियो । नयाँ भ्याक्सिन बनाई रहदा समेत भारत र नेपाल अधिकान्सले रेमडिसिभिर बाट कोरोना बिरामीका सिकिस्त बिरामी समेत निको भएका हुन । उक्त औसधिले महगो भएको आम जनताको पहुच पुग्न नसकेको बिज्ञले बताउँछन । अहिले सरकारले आफै कोरोना महामारी विरुद्ध आमनागरिकका लागि टिकाकरण गर्ने भएको छ ।

मोदीका अनुसार यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु, कोभिडको उपचारमा खटेका जनशक्ति, बृद्धबृद्धाहरु र यसका विरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x