भारतिय गाडी र पर्यटकलाई ठाँउ – ठाँउमा दु:ख दिने काम बन्द हुनुपर्छ – मन्त्री अग्रवाल
बिनय राज त्रिपाठि , नेपालगन्ज – आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले भारतिय पर्यटकलाई दु:ख नदिन प्रहरी प्रशासनलाई सुझाव दिनु भएको छ । नवनिर्मित लुम्बिनी प्रदेश नेपाल प्रहरी अस्पतालको समुदघाटन कार्यक्रममा बोल्दै यस्तो बताउनु भयो । 
भारत बाट नेपाल आएका भारतिय पर्यटक संग कुनै अबैध समान व अबैधनिक कार्य नभएको मन्त्री अग्र्वालले स्मरण गराउनु भयो । हामी भारतिय पर्यटकलाई जति सुकै चेकिङ छ सिमानामा गर्नु पर्छ गाडीमा भएको भरी समान र मान्छेको सम्पुर्ण चेकिङ गरेर मात्र प्रवेश दिने तर दिई सके पछि ठाँउ ठाँउमा अनाहक दु:ख दिने काम बन्द गर्नु पर्छ भन्नू भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश का मुख्यमन्त्री चेत नारायण आचार्य को उपस्थितिमा मन्त्री अग्रवालले यस्तो गम्भीर मुद्दा उठाउनु भएको हो । वहाँले थप कुरा राख्दै नयाँ बजेट भासणमा कुनै पनि भारतीय नागरिकले लगभग रु ४ लाख सम्म रुपैया बोकेर आउन मिल्ने नयाँ नियम लागू भई राजपत्रमा प्रकाशित भएको स्मरण गराउनु भयो ।
पैसा लिएर आउने भारतिय नागरिकले नेपालमा मज्जाले घुम्न पाउने वातावरण सिर्जना भएमा नेपालको पर्यटन छेत्र फस्टाउने बताउनु भयो । नेपाल बाट सजिलो सिमानाका भारत रहेकोले भारतिय नागरिकको सुगम सहज नेपाल नै रहेकोले प्रशासनले भारतिय पर्यटकलाई विभिन्न धार्मिक स्थान र प्राकृतिक मनोरञ्जनात्मक भ्रमणको वातावरण भएमा थुप्रै भारतिय नागरिक नेपाल आउने छ्न ।
सिमानामा भारतिय पर्यटकलाई अब उपरान्त दु:खदिने काम बन्द हुने आशा राखेको छु अब उपरान्त प्रहरी प्रशासनले ध्यान दिनु हुनेछ भन्ने आशा छ मन्त्री जिकिर गर्नु भयो ।
आजको कार्यक्रममा प्रकाश पार्दै असार २६ गते लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको रु ८ करोडको अनुदान बाट नवनिर्मित लुम्बिनी प्रदेश नेपाल प्रहरी अस्पताल नेपालगन्ज भवन निर्माण भएको हो सो ही कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री चेत नारायण आचार्यले एउटा भव्य कार्यक्रमको बीचमा समुदघाटन गर्नु भएको हो ।
विशिष्ट अतिथि माननीय मन्त्री आदेश कुमार अग्रवालले नवनिर्मित अस्पताल उद्घाटनको बधाई तथा शुभकामना दिंदै प्रदेश प्रहरी अस्पतालले प्रहरीहरुका साथ साथै सर्वसाधारणको उपचार पनि यथाशीघ्र शुरु गर्नु पर्ने कुरामा जोड दिनु भएको थियोे ।


