२६ श्रावण २०८३, मंगलवार

भारतीय दूतावासले मनायो २२ औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस, यी कोर्ष पढ्नका लागि पाइन्छ छात्रवृत्ति

एसीपी संवाददाता

३ चैत्र २०८०, शनिबार ११:२६ मा प्रकाशित

काठमाडौं। नेपालस्थित भारतीय दूतावासले २२औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ।

काठमाडौंको लैनचौरस्थित दूतावास परिसरमा २ चैतमा एक कार्यक्रमको आयोजना गरी करिब २०० जना विद्यार्थीको सहभागीतामा दिवस मनाइएको हो।

WhatsApp Image 2024-03-16 at 9.21.49 AM.jpeg

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका पहिलो ब्याचका नौजना विद्यार्थीलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरे।

राजदूत श्रीवास्तवले २२ औं ब्याचका स्वर्ण जयन्ती छात्रवृत्ति विजेता विद्यार्थी तथा राजदूतको विशेष रोल अफ अनरको पहिलो संस्करण विजेता विद्यार्थीलाई बधाई दिनुका साथै आआफ्नो क्षेत्रमा उत्कृष्ट हुन प्रेरित गरे। उनले भारतमा स्टार्ट अप इकोसिस्टम, इन्क्युबेशन सेन्टर आदिमा आबद्ध भई एवम् सहकार्य गरी युवाहरुका लागि सिर्जना गर्न सकिने अवसरहरु बारे बताउँदै विद्यार्थीहरुलाई सहकार्य गर्न सकिने क्षेत्रहरु खोज्न प्रोत्साहित गरे।WhatsApp Image 2024-03-16 at 9.21.49 AM (1).jpeg

भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो। पछिल्लो केही वर्षमा छात्रवृत्ति प्राप्त गर्नेको संख्या दुई सय पुगेको छ ।

यस छात्रवृत्ति योजना अन्तर्गत एमबिबिएस÷बिडिएस अध्ययन गर्ने विद्यार्थीले पाँच वर्षका लागि प्रत्येक महिना नेरु चार हजार, बिई अध्ययन गर्ने विद्यार्थीले चार वर्षका लागि प्रत्येक महिना नेरु चार हजार र अन्य अन्डरग्राइज्युड कोर्ष जस्तैं बिए, बिएड, बि फार्मेसी, बिएस्सी एग्रिकल्चर, बिबिए, बिबिएम र बिबिएस अध्ययन गर्ने विद्यार्थीले तीन वर्षका लागि प्रत्येक महिना नेरु तीन हजार प्राप्त गर्छन्।WhatsApp Image 2024-03-16 at 9.21.50 AM (1).jpeg

यस छात्रवृत्ति योजनाबाट नेपालका ७७ वटै जिल्लाका ३ हजार ३०० भन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइसकेका छन् । छात्रवृत्ति पाएका यस पटकको ब्याचका विद्यार्थीहरु नेपालका ७६ जिल्लाबाट रहेका छन् जसमा ३२ प्रतिशत छात्रा छन् । यो वर्ष पाँच जना फरक क्षमता भएका विद्यार्थीलाई पनि छनौट गरिएको छ ।

नेपाल र भारतका विश्वविद्यालयमा अन्डरग्राइज्युड तथा ग्राइज्युड तहमा औषधी विज्ञान, इन्जिनियरिङ, दन्त विज्ञान, व्यवस्थापन, कमर्स, नर्सिङ, आयुर्वेद, नृत्य, नाट्य कला, पर्फमिङ आर्टस लगायत अन्य संकायका विषय अध्ययनका लागि भारत सरकारले झन्डै १ हजार ६०० छात्रवृत्ति प्रदान गर्छ। सन् २००१ यता ३८००० जना नेपाली विद्यार्थीले यो छात्रवृत्ति योजनाको लाभ उठाइसकेका छन् ।

कार्यक्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी, लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य, धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्य प्रसाद रेग्मी, विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा शैलेषमणि पोखरेल र जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्राडा अमरप्रसाद यादव उपस्थित थिए।WhatsApp Image 2024-03-16 at 9.21.50 AM (2).jpeg

नेपालपानाबाट साभार गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x