१५ भाद्र २०८३, सोमबार
भारतीय रुपैया सहित मानिस पक्राउ
नेपालगंज – जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका १६ जयसपुर स्थित भारतको रुपैडिया नाका हुँदै नेपाल तर्फ आउँदै गरेको देश भारत जिल्ला लखनऊ उत्तर प्रदेश बस्ने बर्ष ४० को निरज चौरासियाले चलाएको UP 32 LB 6389 नम्बरको सुजुकी गाडी शंका लागी चेकजाँच गर्दा भारतीय रुपैया ५००।- दरको नोट ६०० थान र भारतीय रुपैया २०० दरको नोट १,००० थान गरी जम्मा भारतीय रुपैया ५,००,०००।- (पाँच लाख) फेला पारि उक्त नगद तथा गाडी समेत रित पुर्बक बरामद गरी र सोही गाडीमा सवार जिल्ला दाङ साबिक पुरन्धारा गाऊँपालिका १ बस्ने बर्ष २६ की साईना नेपाली सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाईएको छ ।
Subscribe
Login
0 Comments


