२३ आश्विन २०८३, शुक्रबार

भारत जस्तै किसान आन्दोलन नेपाल् पनि हुने कि ?

एसीपी संवाददाता

२७ मंसिर २०७७, शनिबार १५:३२ मा प्रकाशित

चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् ।

उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा आफूहरु काठमाडौं आएको किसान हरिश्याम यादवले बताए । आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन थाल्ने तयारी छ ।

उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार केही काठमाडौं आलिएसकेका छन् भने अरु आउँदैछन् । यस पटकको आन्दोलनमा एक हजार किसानले सहभागीता जनाउँछन्, मिश्रले भने ।

चिनी मिलबाट वषौंदेखि भुक्तानी नपाएर पीडित बनेका किसानहरु सरकारले समेत झुलाएको गुनासो गर्छन् । गतवर्ष उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो ।

तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् । सरकारी तथ्याङ्क अनुसार उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।

श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ उखु किसानलाई बुझाउन बाँकी छ ।

इन्दिरा र अन्नपूर्ण तथा श्रीराम सुगर मिलले किसनको बक्यौता तिर्न जग्गा बिक्रीको प्रस्ताव राखेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् । अनलाइनखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x