१८ भाद्र २०८३, बिहीबार

भारत – नेपाल सीमा समन्वय बैठक सम्पन्न

एसीपी संवाददाता

२७ पुष २०८१, शनिबार २३:२० मा प्रकाशित

पुस २७ – जिल्ला अधिकारी कार्यालय बहराइच को आयोजनामा भारतको रुपैडिहा संयुक्त जाँच चौकी स्थित भारत-नेपाल सीमा समन्वय बैठक सम्पन्न भएको छ ।

कार्यक्रममा निकट भबिष्यमा हुन गईरहेको महाकुम्भ मेला र भारतिय गणतन्त्र दिवसको अवशरमा हुने कार्यक्रमको सुरक्षा ब्यवस्था, समन्वय तथा लागू औषध ओसारपसार, मानव बेचबिखन, बन्यजन्तु र बन पैदावर चोरी तस्करी लगायतका सिमा अपराध निराकरण तथा रोकथामका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । उक्त कार्यक्रममा नेपालको तर्फबाट बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र भारतको तर्फबाट बहराईच जिल्लाको प्रमुख जिल्ला अधिकारी, भन्सार कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, सडक कार्यालय, यातायात कार्यालय, वन कार्यालयका प्रमुख लगायत अन्य सरकारी कार्यालयका प्रमुख एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा बहराईच जिल्लाको जिल्ला अधिकारीको धन्यवाद मन्तब्य पश्चात मायाको चिनो आदान प्रदान गरि कार्यक्रम समापन गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x