१२ मंसिर २०८३, शुक्रबार

भारत सरकारद्धारा पूर्वोत्तर क्षेत्रमा विकासको लहर ल्यायो

एसीपी संवाददाता

१५ चैत्र २०७९, बुधबार ०७:२५ मा प्रकाशित

एजेन्सी । भारतको पूर्वोत्तर विकासमन्त्री जी किसन रेड्डीले त्यस क्षेत्रमा १७ वटा विमानस्थलहरु संचालनमा आएपछि पूर्वोत्तरको क्षेत्रमा विकासको लहर छाएको छ ।
भारतको तल्लो सदन लोकसभामा सम्बोधन गर्दै मन्त्री रेड्डीले पूर्वोत्तर क्षेत्रमा १७ वटा विमानस्थल सञ्चालनमा आएको जानकारी दिएको हो ।
अरुणाचल प्रदेशको तेजु, आसामका डिबरुगढ, गुवाहाटी, सिल्चार, मणिपुरको इम्फाल, मेघालयको बारापानी, त्रिपुराको अगरतालामा नयाँ विमानस्थल निर्माणको काम अघि बढिरहेको समेत उनले जानकारी दिए ।
उनले यसबाहेक पूर्वोत्तर क्षेत्रमा १ खर्ब ९८ अर्ब ५५ करोड भारतीय रुपैयाँको लागतमा रेलमार्गको विकास पनि भइरहेको जानकारी दिए । सन् २०१४–१५ यता पूर्वोत्तर क्षेत्रमा झण्डै ८६५ किलोमिटर लम्बाईको रेलमार्ग निर्माण भएको उनको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x