२ श्रावण २०८३, शनिबार

भेरी अस्पतालको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि

एसीपी संवाददाता

८ मंसिर २०७७, सोमबार १७:२० मा प्रकाशित

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २१ सहित ५४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १८ जनामा गरिएको परीक्षणमा बाँकेका २१ सहित रुकुम, जाजरकोट, बर्दिया, हुम्ला र जुम्लाका ५४ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म ४९ हजार ६६ जनाको परीक्षण गर्दा ४ हजार ३ सय ३९ जनामा कोरोना देखिएको भेरी अस्पतालले सोमवार बेलुकी जारी गरेको सूचनामा उल्लेख छ । कोरोनाका कारण बाँकेमा ३८ जनाको ज्यान गइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x