४ श्रावण २०८३, सोमबार

भेरी अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

एसीपी संवाददाता

१८ मंसिर २०७७, बिहीबार ०७:१२ मा प्रकाशित

कोरोनाका कारण सुर्खेतका एक जनाको नेपालगञ्जमा मृत्यु भएको छ ।

भेरीगंगा नगरपालिका वडा नम्बर ९ का ७० बर्षीय पुरुषको आज विहान १०.५६ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । उनी मंसिर ८ गते अस्पताल भर्ना भएका थिए ।

आजै विहान पनि बाँकेको कोहलपुर २ का ७४ बर्षीय कोरोना संक्रमति पुरुषको भेरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।

बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ९३ जनाको मृत्यु भएको छ । बाँकेमा उपचाररत जिल्ला बाहिरका ५४ जना र बाँकेका ३९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x