१२ मंसिर २०८३, शुक्रबार

भेरी अस्पतालमा १०९ जनामा कोरोना संक्रमण

एसीपी संवाददाता

४ बैशाख २०७८, शनिबार ११:५१ मा प्रकाशित

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पतालले गएको २४ घण्टामा १९० जनाको नमुना परीक्षण गर्दा ८ वर्ष देखि ७३ वर्ष उमेर समुहकामा कोभिड संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा हालसम्म ५५ हजार ७६७ नमुना परीक्षण सम्पन्न भएको छ ।

हालसम्म परीक्षण भएका नमुना मध्य ६ हजार १८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण तिब्र रुपमा फैलिदै गएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यसको नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको छ ।

साझँ ७ बजेपछि रेष्टुरेन्ट,क्लबहरु बन्द गर्न केन्द्रले अपिल गरेको छ । मनोरन्जन स्थलहरु, फनपार्क, सिनेमा हल लगायत पनि बन्द गर्न भनिएको छ । चिकित्सहरुले कोभिड संक्रमण करिब नियन्त्रण बाहिर गएको भन्दै स्वास्थ्य सावधानी अपनाउन अपिल गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x