१४ आश्विन २०८३, बुधबार

भोलि भारतबाट १० लाख कोरोना बिरुद्धको खोप आउदै

एसीपी संवाददाता

८ फाल्गुन २०७७, शनिबार १७:४६ मा प्रकाशित

सरकारले आइतबार कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप ल्याउने भएको छ । आइतबर एयर इन्डिया दिल्ली-काठमाडौंको दिउँसो साढे १ बजेको उडानमार्फत सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोप प्राप्त हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौताअनुरुप पहिलो खेपको खोप आइतबार ल्याउन लागिएको हो ।
खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

मन्त्रालयका अनुसार सम्झौता बमोजिमको बाँकी खोप पनि छिट्टै ल्याइने छ । ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x