भ्याइस नेपालगन्जको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
बब्लु शेष , नेपालगब्ज – भ्याइस नेपालगन्जको आयोजनामा आज (१५ जुलाई २०८२) रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उदयमान युवा सर्वेश पाठकको सम्मानमा, जसले आफ्नो जन्मदिनमा भारतभर “महा-रक्तदान अभियान” सुरु गरेर गत वर्ष ८३,००० युनिट रक्तदान संकलन भएको थियो ।
यस पटक समेत भारतका धेरै जसो ठाउँमा रक्तदान र वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
मानवसेवाको सबैभन्दा उत्कृष्ट कार्यको सम्मान स्वरुप नेपालगन्ज भ्वाइस नेपालगन्ज र सक्रिय युवाहरु GR Bhusal, Bhojraj Timilsaina,को सक्रियतामा आज रक्तदान कार्यक्रम सम्पन्न भएकोछ । रक्तदातमा शारदा नगरपालिका सल्यानका प्रमुख प्रकाशकीय अधिकृत Om Prakash Devkota वडा प्रहरी कार्यालय नेपालगन्ज प्रमुख प्र.नि अनुण बम,भुसाल ग्रुपका अध्यक्ष जि.आर. भुसाल र निर्देशक बसन्ती रेग्मी भुसाल,नेपाल घरेलुु तथा साना उद्योग महासघ नेपाल नेपालगन्ज समितिका उपाध्यक्ष फनाधार भण्डारी,महासचिव भोजराज तिमिल्सिना,स्वास्थ्यकर्मी Shiva Shah Sitaula लगायतले रक्तदान गर्नु भएको थियो । कार्यक्रम भ्वाइस नेपालगन्जका अध्यक्ष रमेश सिटौला रक्त सन्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी सहित भ्वाइसका सचिब रामु चिडिमारको उपस्थिति रहेको थियो ।


