२ श्रावण २०८३, शनिबार

मंगलबार बाँकेमा थप २८ जना कोरोना संक्रमण मुक्त

एसीपी संवाददाता

९ मंसिर २०७७, मंगलवार ०५:४९ मा प्रकाशित

बाँकेका विभिन्न आइसोलेसनबाट मंगलबार थप २८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

कात्तिक २९ गते कोरोना संक्रमण पष्टि भएर विभिन्न आइसोलेसनमा आइसोलेट भएका १३ महिला र १५ जना पुरष गरि कुल २८ जना संक्रमण जितेर डिस्चार्ज भएका हुन् ।

योसँगै बाँकेमा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको कुल संख्या ३ हजार ५५८ पुगेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा ३ हजार ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३८ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । जिल्लाका १५१ जना र जिल्ला बाहिरका ५४ जना गरि २०५ जना विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।               

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x