२ श्रावण २०८३, शनिबार

मंगलबार ३ किलो अफिम बरामद

एसीपी संवाददाता

४ कार्तिक २०७७, मंगलवार १६:४० मा प्रकाशित

प्रहरीले कृष्णनगर नगरपालिकाको लिंकगेटबाट मंगलबार दिउँसो ३ किलो अफिम बरामद गरेको छ। नेपाल(भारत आवतजावत गर्ने मानिसहरुलाई नियमित चेकजाँच गर्ने क्रममा सो परिमाणको अफिम बरामद भएको हो।  

रुकुम बाफिकोट गाउँपालिका वडा नंम्बर. ८ दुली घर भई अहिले दाङको तुल्सीपुर उपमहानगरपालिका स्थित गुमराह चोकमामा बस्ने ३५ वर्षका लालबहादुर खत्री (लाले) को साथबाट सो लागुऔषध बरामद गरेको हो। प्लाष्टिकको झोलामा बेरेर राखेको अवस्थामा ६ प्याकेट (तौल गर्दा ३ किलो) फेला परेको हो। शरीर खानतलासी गर्दा अफिम बरामद भएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। झोला खानतलासी गर्दा गर्दै अभियुक्त सुरक्षाकर्मीलाई धक्का दिँदै भारततर्फ भागेको उनले बताए।  

सीमापारी भागेका उनलाई भारतीय सुरक्षकर्मीले भने पक्राउ गरेको उनले बताए। त्यसपछि पिछा गर्दै जाँदा नेपाल भारत सिमाना दशगजा पार गरी कारोबारी भारत तर्फ दौडियो। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलिले अभियुक्तलाई नियन्त्रणमा लिई उसको साथबाट (कम्मरको भागमा बाँधेर लुकाएको अवस्था) मा २ किलो अफिम बरामद गर्न सफल भएको अधिकारीले जानकारी दिए। बरामद गरिएको उक्त लागुऔषधसम्बन्धि थप अनुसन्धान भइरहेको जनाइएको छ। साभार नागरिकन्यूज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x