२ श्रावण २०८३, शनिबार

मदरसामा बम विस्फोट ७ को मृत्यु ७० बढि घाईते ” खैबर पख्तुनख्वा प्रान्त पाकिस्तानको घटना

एसीपी संवाददाता

११ कार्तिक २०७७, मंगलवार ११:०१ मा प्रकाशित

फाइल तस्बिर

एजेन्सी / पाकिस्तानस्थित एक मदरसा (धार्मिक पाठशाला) मा पढाइरहेका बेला बम विस्फोट भएको छ। घटनामा ७ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी घाइते भएका छन्।  

घटनास्थलमा रहेका एक अधिकारीले बिबिसीलाई बताएअनुसार मृत्यु हुनेमा बालबालिकासमेत छन् ।  

यस्तै एक अधिकारीले न्युज एजेन्सी एएफपीलाई घटनामा २ शिक्षक पनि घाइते भएको बताएका छन् ।

अहिलेसम्म यो आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन। घटनाको अनुसन्धान सुरु गरिएको पाकिस्तानी प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार विस्फोट स्थानीय समयाअनुासर बिहान साढे ८ बजे भएको हो। यो हमला पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पर्ने पेसावर सहरमा भएको हो ।  

खैबर पख्तुनख्वा प्रान्तका मन्त्री तैमुर झगडाले विस्फोटमा ७ जनाको मृत्यु र ७० भन्दा बढी व्यक्ति घाइते भएको पत्रकारलाई जानकारी दिएका छन ।  

प्रहरीले बिबिसीलाई बताएअनुसार मृत्यु हुनेमा बालबालिका पनि छन् ।

एक वरिष्ठ प्रहरी अधिकारी वकार अजिमले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘पाठशालाभित्र कसैले बम राखेर गएको रहेछ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x