मधुवन नगरपालिका वडा नम्बर ४ भव्य समारोहका बीच बालविवाह मुक्त क्षेत्र घोषणा
बर्दिया – प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, बी-ग्रुप, दलित महिला उत्थान केन्द्र, सोनाहा विकास समाजको सहकार्यमा वडा नम्बर ४ मधुवन नगरपालिका र महिला बालबालिका शाखा मधुबनको आयोजनामा मधुवन नगरपालिका वडा नम्बर ४ लाइ एक भव्य समारोहका बीच बालविवाह मुक्त क्षेत्र घोषणा गरिएको छ। स्थानीय बालअधिकार समिति मधुवन नगरपालिकाकी संयोजक अनिता चौधरीको अध्यक्षता सम्पन्न समारोहको प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालयका मानिय मन्त्री जन्मजय तिमिल्सेना हुनुहुन्थ्यो भने बिशेष अतिथिमा मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाट, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मीना पराजुली, गुड नेभर इन्टरनेसनलका संयोजक अरुण चौधरी , मधुवन नगरपालिकाका नगर प्रबक्ता मेक बहादुर गुरुङ, १ न.वडाका अध्यक्ष मीन थापा, ४ न.वडाका अध्यक्ष बलिराम चौधरी , ७ न.वडाका अध्यक्ष राजेन्द्र हमाल, ९ न.वडाका अध्यक्ष हर्क बहादुर बस्नेत ६ न.वडाका अध्यक्ष चन्द्र सिङ्ग गुरुङ , कार्यपालिका सदस्य,वडा सदस्य बाँके युनेस्कोका प्रमुख संरक्षक परवेज अली सिद्दीकी, उपाध्यक्ष पञ्चम गुरुङ बि ग्रुपका उपाध्यक्ष मिरा पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख इन्दिरा चुनारा, कानुनी सल्लाहकार लक्ष्मी नेपाल, नेपाल प्रहरी, शसत्र प्रहरी निरीक्षकको उपस्थिति रहेको थियो भने अन्य अतिथिमा विषयगत शाखा प्रमुखहरु, राजनीतिक दलहरू, धार्मिक संजाल , पत्रकारहरू, सामाजिक संस्थाका प्रतिनिधिहरूको बडघर, सामुदायिक अगुवाहरू आमा समूह,बन समूह,बाल क्लब किशोरी क्लब युवा क्लब , लगायतको उपस्थिति रहेको थिए। कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरूले २०८२ सालसम्ममा मधुवन नगरपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउने लक्ष्यसहित वडा न. ४ साथै सम्पूर्ण नगरपालिकामा बालविवाह मुक्त पालिका घोषणा गर्ने आफ्नो प्रतिबद्धता जनायका थिय। कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय मन्त्रि तिमिल्सेनाले मधुवन नगरपालिकामा बालविवाह बिरुद्धको अभियानमा स्थानीय सरकार र सामाजिक संघ संस्थाहरूको प्रयासहरू अतुलनीय रहेको कुरा बताउदै बाल बिवाह ,लैंगिक हिंशा,सामाजिक विभेद अन्त्य गर्नका लागि प्रदेश सरकारले योजना बनाई लागु गर्ने प्रतिबद्ता जनायका थिया त्यसै गरि नगर प्रमुख तेजबहादुर भाटले मधुवन नगरपालिकामा बालविवाह न्यूनीकरण र बाल अधिकार प्रवर्द्धनमा विभिन्न सरोकारवाला र संस्थाहरूको योगदान रहेको कुरा बताउनु भयो साथै प्लान इन्टरनेशनल नेपालकी प्रबन्धक मीना पराजुलीले बाल बिवाह अन्त्य गर्न स्थानीय सरकार र साझेदार सस्थाको भूमिका सह्रानीय भयको कुरामा जोड दिदै बालबालिकाको समग्र हितका लागि नकारात्मक सामाजिक मूल्य मान्यता र व्यवहार परिवर्तन गर्ने विषयमा बढी केन्द्रित भयर लाग्नु पर्ने बताउनु भयको थियो भने समारोहमा बिभिन्न समूहका सांस्कृतिक प्रस्तुतिहरू नाच,र्याली ,झाकी प्रस्तुत गरिएको उक्त कार्यक्रमको सञ्चालन मधुवनकी महिला तथा बालबालिका शाखाकी शोभा शर्माले गर्नुभएको थियो। कार्यक्रममा बाँके युनेको क्लब ,बि ग्रुप ,दलित महिला उत्थान संघ ,सोनाहा बिकाश समाजका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।




