मधुवन र राजापुरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लागुपदार्थ दुर्व्यसनी र मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम
बर्दिया – मधुवन र राजापुरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लागुपदार्थ दुर्व्यसनी र मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
२६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बाँके युनेस्को क्लब ले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा तथा वडा कार्यालय ,महिला तथा बालबालिका शाखा र नेपाल प्रहरीको समन्वयमा मधुवन र राजापुर नगरपालिकामा एकसाथ विद्यार्थीहरू माझ सचेतना मुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियको हो । ,लागुपदार्थ सेवन तथा मानव बेचबिखनका कारण, जोखिम र रोकथामका उपायहरूबारे अभिमुखीकरण गरियको थियो ।
मधुवन–७ स्थित शुक्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा महेन्द्र सेन (प्रहरी निरीक्षक, इलाका प्रहरी कार्यालय मधुबन ), इन्द्रा चुनारा (प्रमुख, महिला तथा बालबालिका इकाई, मधुवन) र ईश्वर बिके (कार्यक्रम संयोजक) ले लागुपदार्थको दुष्परिणाम, मानव बेचबिखन सम्बन्धी कानुनी प्रावधान र आत्मसुरक्षाका उपायबारे जानकारी गराए। फिल्ड सुपरभाइजर, सावित्र भाटले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अलिजा जीसीले अध्यक्षता गर्नुभएको थियो। वक्ताहरूले विद्यार्थीहरूलाई लागुपदार्थबाट टाढा रहन, सचेत रहन र गलत गतिविधिविरुद्ध आवाज उठाउन प्रेरित गरे।
त्यसैगरी, राजापुर–९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा राजापुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दिप चन्द शाह र अनिता चौधरी (प्रमुख, महिला तथा बालबालिका इकाई, राजापुर) ले विद्यार्थीहरूसँग अन्तरक्रियात्मक छलफल गर्दै लागुपदार्थ दुरुपयोग र मानव बेचबिखनका विरुद्ध सजग रहन, साथीभाइलाई सहयोग गर्न तथा समुदायमा देखिएका जोखिमबारे जानकारी गराउन प्रोत्साहित गरेक थिय , कार्यक्रम प्रमीशा थारु (फिल्ड सुपरभाइजर) ले सञ्चालन गरेकी थिन भने कार्यक्रम बिष्णु प्रसाद थारु, वडा नं. ९ का वडाध्यक्षको अध्यक्षतामा सम्पन्न भएको थियो।
दुवै कार्यक्रमले एउटै साझा सन्देश प्रेषित गरे — युवा वर्ग नै सुरक्षित, जानकार र लचिलो समुदाय निर्माणका मुख्य वाहक हुन्। ज्ञान आदान–प्रदान र अन्तरक्रियात्मक सहभागितामार्फत विद्यार्थीहरूलाई जिम्मेवार, सक्रिय र नेतृत्वदायी भूमिकामा उभिन प्रेरित गरिएको थियो।



