३२ असार २०८३, बिहीबार

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट किन खर्च गर्न सकेन ?

जय प्रकाश गुप्ता

३० माघ २०८१, बुधबार १२:०० मा प्रकाशित<

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटको ठूलो हिस्सा खर्च गर्न सकेन। सबै प्रदेशको भन्दा कमजोर देखियो। मधेस प्रदेशको सरकारले पछिल्लो ६ महिनामा जम्मा ५.६१ प्रतिशत मात्र खर्च गर्न सकेको छ। यस आ.ब. को अन्त्य भएपछि यसमा ह्वात्तै बढोत्तरी हुनेछ। यसको कारण सबैले बुझ्न सक्दछ।

यो अहिलेको सिके राउतका पार्टी नेतृत्वको सरकारको तथ्यांक हो। यस अघि उपेन्द्र यादवका पार्टी नेतृत्वको सरकार थियो, तेस सरकारले पनि आ.ब. २०७४-७५ मा संघीय सरकारबाट दिईएको कूल बजेटको ५२ प्रतिशत मात्र खर्च हुन सकेको थियो।

बिकास राजनीति बुझ्नेका लागि मधेस प्रदेश प्रदेशको यो अवस्था बिकराल बेथिति तथा आपराधिक असक्षमताको द्योतक हो। दुर्भाग्यवश मधेस प्रदेशमा यस बारे सार्वजनिक क्षेत्रमा कुनै चर्चा तथा चिन्ता छैन। मधेसका नेताहरू कोही सलक्क परेको कुर्ता पाईजामामा टिनोपालका जलपका साथ टल्किरहेका छन् भने कोही सूटमा रातो टाईका साथ धपक्क बलिरहेका छन्। यी आकर्षक भेषधारी जातिवादी कोमलांगीहरू आलोचनाबाट मुक्त छन्, किन भने कोही यिनको आलोचना गर्दैनन्। यिनीहरूका प्राथमिकता सामान्य बुझाई भन्दा पर छ।U

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x