११ मंसिर २०८३, बिहीबार

मधेश बिरोधी शक्तिहरुलाई मधेशमा ठाउँ नदिन अनुरोध- ईरफान

एसीपी संवाददाता

६ पुष २०७७, सोमबार ०९:३३ मा प्रकाशित

नेपालको संघीय सदन कार्यकालभन्दा अगाडि नै विघटन हुनु नितान्त दुःखद घटना हो भन्दै इरफान अहमद शेख केन्द्रीय सदस्य जनमत पार्टी बाकेको यो विषयमा हाम्रो सविधानविद्हरूसँग परामर्श लिइराखेको अवस्था छ । साथै पार्टीको स्थायी समितिले समेत यस विषयमा छलफल गरिराखेको छ।
यी भ्रष्टाचारीहरुको डेट स्पायर औषधीले गर्दा देश बर्बाद भईसकेको आवस्थामा अब आउने दिनमा जनताले यस्ता ध्रुत पाखन्डीहरुलाई जनताले घरघरबाट बहिस्कार गर्ने बेला आएको छ, अब आउने निर्वाचनमा हाम्रो जनमत पार्टीले समेत भागलिने निस्चित रहेको छ।
हाम्रा प्यारा स्वराजीहरु आउने निर्वाचनको लागि तयार रहन समेत आह्वान गर्दछु साथै मधेशलाई बचाउने जिम्मेवारी हामीहरूको काँधमा आएको समेत जानकारी सम्पूर्ण जनमानसमा जनाउन चाहन्छौं।
अब कुनै पनि बहानामा मधेश बिरोधी शक्तिहरुलाई मधेशमा ठाउँ नदिन समेत भन्न चाहन्छौं, हामी मधेशीको भविष्य जनमत पार्टी संग रहेको समेत भन्न चाहन्छौं यदि सही समयमा सही निर्णय लिइन सकेनौं भने मधेश अझै सयकडौं वर्ष गुलामीको जंजीरमा बाधिने निस्चित रहेकोले अब आउने निर्वाचनमा जनमतका स्वच्छ नेतृत्वलाई स्विकारेर मधेश बचाउन आह्वान समेत गर्दछौं।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x