११ मंसिर २०८३, बिहीबार

महाकालीमा बन्ने पञ्चेश्वर बहुउद्देश्यीय सिँचाइ तथा बाढी नियन्त्रणको सबै लागत भारतले बेहोर्न सहमति

एसीपी संवाददाता

१९ पुष २०७७, आईतवार ०४:०१ मा प्रकाशित

नेपाल–भारतबीच २५ वर्षअघि भएको महाकाली सन्धिअनुरूप बन्ने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा सिँचाइ तथा बाढी नियन्त्रणको सबै लागत भारत सरकारले बेहोर्न सहमति भएको छ । गत साता नेपालका ऊर्जा सचिव दिनेश घिमिरे र भारतका जलस्रोत सचिव युपी सिंहबीच भारतको नयाँदिल्लीमा यस्तो सहमति जुटेको हो ।

आयोजनाको कुल लागतमा २० प्रतिशत खर्च उक्त काममा हुनेछ । त्यसमा नेपालले ३५ प्रतिशत र भारतले ६५ प्रतिशत लगानी गर्ने भारत सरकारको अडान थियो । तर, नेपालले भने यसको शतप्रतिशत लागत भारतले नै बेहोर्नुपर्ने अडान राख्दै आएको थियो ।

गत साता नयाँ दिल्लीमा सम्पन्न वार्तामा त्यसमा हुने सबै खर्च भारतले नै बेहोर्ने सहमति भएको ऊर्जा सचिव दिने घिमिरेले बताए । ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा सचिव घिमिरेले यसबारे जानकारी दिएका हुन् ।

महाकाली सन्धिअनुसार ऊर्जा, सिँचाइ र बाढी नियन्त्रणका लागि लाभको आधारमा आयोजनाको लागत बेहोर्ने व्यवस्था छ । उक्त आयोजनाबाट सिँचाइ सुविधा पु¥याउने र नदी नियन्त्रणका लागि बाँध बाध्ने काम पनि भइरहेको छ । त्यसैले नेपालले उक्त काममा हुने लागत नबेहोर्ने अडान राख्दै आएको थियो ।

सोहीअनुसार उक्त कामका लागि शतप्रतिशत लगानी गर्न भारत तयार भएको सचिव घिमिरेले जानकारी दिए । ‘दिल्लीमा डीपीआरलाई अन्तिम रूप दिएर आयोजना निर्माण अगाडि बढाउने गरी सहमति भएको छ’, घिमिरले भने । यसले नेपाल–भारतबीच भएको महाकाली सन्धि कार्यान्वयनमा जाने संकेत देखिएको उनको बुझाइ छ । यस्तै, भारत नेपालको दोधारा तथा चाँदनीमा सिँचाइका लागि पानी उपलब्ध गराउन सहमत भएको छ ।

अब नेपालले नेपाली भूभागका लागि सिँचाइ सुविधा उपलब्ध गराउन तयार पारेको डीपीआरलाई २ महिनाभित्र सुझावसहितको प्रतिक्रिया दिनेछ ।

त्यसपछि नहर निर्माण प्रक्रिया अगाडि बढ्नेछ । यसमा नेपालतर्फको भूमिमा नेपाल र भारततर्फको भूमिमा उसले नै लगानी गर्ने सहमति भएको छ ।

यस्तै, माथिल्लो तटीय क्षेत्रको जनजीवनका लागि छाड्नुपर्ने पानीको विषयमा पनि दिल्लीमा सहमति भएको छ । सन्धिअनुसार त्यस क्षेत्रमा ५ प्रतिशत पानी छाड्नुपर्ने हुन्छ । तर, त्यहाँ त्यति ठूलो बस्ती नभएकाले १ प्रतिशत पानी छाड्ने सहमति भएको छ । आर्थिक अभियान दैनिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
10 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Asha Rawal
Asha Rawal
5 years ago

Vaccine India se mil rhi hai. Project me ultimately money India laga rha hai. Medical ki facility bh India se mil rhi hai. India is our real neighbor not China

Pradeep Aryal
Pradeep Aryal
5 years ago

नेपाल कम्युनिस्ट पार्टी ले भारत र नेपाल को मैत्री सम्बन्ध बिगार्न जती चाहे पानी बिग्रिने छैन. यो सहयोग ले बिगत को राजनैतिक तनाब कम गर्छ र मैत्री सम्बन्ध झन दरिलो हुन्छ . जय नेपाल

Diwas thakuri
Diwas thakuri
5 years ago

नेपाल र भारत को मैत्री सम्बन्ध राजनैतिक मात्र होइन यो सम्बन्ध ओली को ऊखान टुकाले भत्किने छैन . बिगत मा महेन्द्र ले धेरै कोसिस गरे मैत्री सम्बन्ध बिगार्न तर केहि भएन आज चाइनीज एजेंट हरुले पनि धेरै कोसिस गरे तर केहि गर्न सकेन राजतन्त्र जस्तै इनीहरु को अस्तित्व पनि समाप्त हुनेछ र नेपाल – भारत मैत्री सम्बन्ध झन दरिलो हुनेछ . जय नेपाल

Saurabh Srivastava
Saurabh Srivastava
5 years ago

The Communist Party of Nepal will not spoil the friendly relations between India and Nepal. This cooperation reduces the political tensions of the past and strengthens friendly relations. Jai Nepal

Rahul jai
Rahul jai
5 years ago

The friendly relations between Nepal and India are not only political but they will not be broken by Oli’s proverb. In the past, Mahendra tried hard to ruin the friendly relations but nothing happened. Today, the Chinese agents also tried hard but could not do anything. Like the monarchy, their existence will end and Nepal-India friendly relations will be even stronger. Jai Nepal

Siyaram Raj
Siyaram Raj
5 years ago

भ्याक्सिन भारत से मिल रि है। परियोजना मलाई अन्ततः पैसा भारत लाग्छ है। मेडिकल की सुविधा भी भारत हाम्रो वास्तविक छिमेकी हो चीन होइन

Kamal Gurung
Kamal Gurung
5 years ago

भारत नेपालको सबैभन्दा मिल्ने साथी हो

Rohan Thapa
Rohan Thapa
5 years ago

This cooperation reduces the political tensions of the past and strengthens friendly relations.

Ashok Kumar
Ashok Kumar
5 years ago

The Communist Party of Nepal will not spoil the friendly relations between India and Nepal.

Pravesh Arya
Pravesh Arya
5 years ago

In the past, Mahendra tried hard to ruin the friendly relations but nothing happened. Today, the Chinese agents also tried hard but could not do anything.

10
0
Would love your thoughts, please comment.x
()
x