‘माओवादीको दृष्टिकोण अनुसार चल्न सकिन्न भन्दै ओलीको पोल्टामा पुर्ब मन्त्री र श्रीमति
फाइल तस्बिर
नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा पूर्व(मन्त्री शेरबहादुर तामाङ पुनः प्रधानमन्त्री केपी शर्मा ओली पक्षमै उभिएका छन् । दुई महिनाअघि प्रधानमन्त्री ओली पक्षबाट प्रचण्ड–माधव को दावी गर्दे आएको नेकपा तर्फ लागेका नेता तामाङ अहिले फेरी प्रधानमन्त्री ओली पक्षमै फर्किएका छन् ।
पुर्ब मन्त्री कि श्रीमती तथा प्रदेशसभा सदस्य उषाकला राई पनि प्रधान्मन्त्रीकै पक्षमै फर्किएकी छन्। ओली पक्षमै रहेका उनको दम्पती दुई महिनाअघि मात्रै ओली पक्षसँग असन्तुष्टि जनाउँदै प्रचण्ड–माधव पक्षमा गएका थिए। नेकपाको केन्द्रीय सदस्य तथा पूर्व(मन्त्री शेरबहादुर तामाङले भने पुष्प कमल दाहाल प्रचण्डलाई नेता मान्न नसकेको कारणले ओली पक्षमा फर्किएको एक श्रोतको दावी छ । ‘माओवादीको दृष्टिकोणअनुसार चल्न सकिएन।
त्यसैले ओली पक्षमै फर्कने निर्णय गरेँ’ कुनै पदको प्रलोभनमा परेर ओली पक्षमा नभएको समेत प्रष्ट्याए छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड(माधव समूहमा फर्किएका थिए ।
तामाङ चुनावमा सिन्धुपाल्चोक(२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले यसअघि केन्द्रीय सदस्य बनाएको छ ।


