१२ मंसिर २०८३, शुक्रबार

माओवादी केन्द्रलाई प्रदेश २ मा झटका

एसीपी संवाददाता

२७ फाल्गुन २०७७, बिहीबार ०१:११ मा प्रकाशित

जनकपुर । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका करिब आधा दर्जन प्रदेशसभा सदस्यहरुले पार्टी परित्याग गरि नेकपा एमालेमा जाने मनस्थिति बनाएका छन् । सर्वोच्च अदालतले नेकपा खारेजी गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताएसँगै माओवादी केन्द्रका ५ जना प्रदेशसभा सदस्यहरु एमालेमा जाने तयारीमा लागेको एक प्रदेशसभा सदस्यले बताए ।

प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समिर माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्न लागेको नेकपा एमाले स्रोतले जनाएको छ ।

यस सम्बन्धमा नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र मण्डलले यो छलफलको विषयवस्तु रहेकोले यसमा अहिले नै केही भन्नु उचित नरहेको बताए । आफू लगायत पार्टीका नेताहरु ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समीरसँग छलफल हुने क्रम जारी नै रहेको बताए ।

उनले भने, ‘राजनीति एकल विचारबाट गर्ने कुरा नभएकाले हामी सबैजना मिलेर सामूहिक निर्णय गरेका थियाँै । माओवादी केन्द्रमै रहने की छोड्ने भन्ने सवालमा हामीहरू एकजुट भएर छलफल गरेपछि निष्कर्ष निकाल्छौं ।’रातोपाटीबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x