१२ मंसिर २०८३, शुक्रबार

माओवादी केन्द्रमा आफन्तवाद हाबी हुँदै गएपछि प्रधानमन्त्री ओलीको साथमा

एसीपी संवाददाता

१५ चैत्र २०७७, आईतवार ०१:२० मा प्रकाशित

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माओवादी केन्द्रमा आफन्तवाद हाबी हुँदै गएपछि प्रधानमन्त्री कपी शर्मा ओलीको साथमा लागेको बताएका छन् ।

एमाले अध्यक्ष ओलीनिकट युवा संघ नेपालले धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफन्तवादका कारण माओवादी केन्द्र सकिँदै गएकाले पार्टी परिर्वतन गरेको बताएका हुन् ।

संगठन निर्माणभन्दा पनि आफन्त तथा नातेदारलाई ध्यान दिएका कारण पार्टी सकिँदै गएपछि बाध्य भएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छोडेको उनले बताए । उनले ओलीका लागि फेरि अर्को वैचारिक युद्ध लड्न तयार रहेको समेत बताए ।

आफू सत्य र राष्ट्रियताका पक्षमा उभिएको बताउँदै मन्त्री भट्टले सुखी नेपाली समृद्ध नेपालको नारा केपी नेतृत्वको सरकारले मात्र पूरा गर्न सक्ने दाबी गरे । उनले समूह र गुटका पछि नलाग्नसमेत कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले केपी नेतृत्वको सरकारले विकास र समृद्धि ल्याएको दाबी गरे ।

सुदूरपश्चिमलाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको उनले बताए । संगठन र पार्टीभित्र गुटबन्दी कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै उनले युवालाई अनुशासित भएर पार्टी र संगठनमा लाग्नुपर्ने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x