३२ असार २०८३, बिहीबार

माघे औँशी मेलाका लागि त्रिवेणीधाममा नेपाल भारतका हजारौँ तीर्थालु भक्तजनहरुको भीड

एसीपी संवाददाता

१६ माघ २०८१, बुधबार ११:१० मा प्रकाशित

कृष्ण गिरी नवलपरासी । माघे औँशी मेलाका लागि त्रिवेणीधाममा नेपाल भारतका हजारौँ तीर्थालु भक्तजनहरुको भीड लागेको छ।

मेलाको अघिल्लो दिन मंगलबार साँझबाटै नेपाल भारतका हजारौँ श्रद्धालुहरू त्रिवेणीका मठमन्दिरमा भरिभराउ भएका थिए ।औँशीका अवसरमा त्रिवेणीधामस्थित नारायणी नदीमा स्नान गर्ने र पितृहरूको श्राद्ध गर्नका लागि श्रद्धालुहरू यहाँ आउने प्रचलन सदियौँ पुरानो हो ।

सदियौँ अघिदेखि माघे औँशीका अवसरमा यहाँ स्नान गर्ने र दान गर्ने श्रद्धालुहरूको घुँइचो लाग्ने गरेको हो । स्वर्णभद्रा, पुर्णाभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाममा भारतको बिहार, उत्तर प्रदेश, लखनउ, पटनादेखिका श्रद्धालुहरू आउने चलन रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x