मानवअधिकार र संचार क्षेत्रको सम्बन्ध समधुर हुनमा जोड
जयपती ढकाल ।
न्यायमा पहुँच नपुग्दा आप्रवासी कामदारहरु
ठगिने गरेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । विश्व
आप्रवास दिवसको अवसरमा नेपालगन्जमा आयोजित आप्रवासी
कामदारको मानव अधिकार संरक्षण तथा सम्बद्र्धनमा आम संचारकर्मीको
भुमिका विषयक समन्वय तथा अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले
यस्तो कुरामा जोड दिएका हुन् ।
आप्रवासी कामदारहरुलाई समस्या पर्दा पहुँचका कमिले न्यायमा
सुनवाई हुन नसकेको कुरा उनिहरुले उल्लेख गरेका छन् । गैरजिम्मेवार
तरिकाले विदेश पलायन हुँदा पनि आप्रवासी कामदारहरु दुख पाउने
गरेको उनिहरुको भनाई थियो । आफ्नै कमजोरीका कारण विदेशमा
कामदारहरुले धेरै दुख झेल्न परिरहेको सरोकारवालाहरुको बुझाई
थियो । विदेश जानु पुर्व कामको बारेमा तथा त्यस ठाउँको विषयमा
अध्ययन गरेर जाँदा कामदराहरु दुख नपाउने सरोकारवालाहरुले
बताएका छन् । पत्रकारिता क्षेत्रले कतै हिंसाजन्य, अपराध र कानुन
भन्दा माथी भएर काम गरिरहेका हुन्छन् र त्यसको न्यायलय जस्तै गरेर
सबैलाई घच्घच्याएर राज्य सुसुस्त भएको बेला पत्रकारिताक्षेत्रले
लाइट बाल्न सकोस भन्ने हेतुले मानव अघिकार आयोगले नेपाल
पत्रकार महासघं बाँकेसंग सहकार्य गरेको राष्ट्रिय मानव अघिकार
आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगन्ज प्रमुख झंकर
बहादुर रावतले बताउनुभयो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय बिषयमा पनि कुनै विषय हुन सक्छ, दुव्र्यवहार,
बेचबिखन भइरहेको छ यसलाइ न्यायमा पहुँच पनि नहुने र केही थाहा
नपाउने भएकाले पनि राज्यसंग जोडिएका सबै निकायको ध्यान पुर्याउन
जरुरी भएको पनि प्रमुख रावतले जानकारी दिनुभयो ।
“सबैका लागि घर घरमा मानव अधिकार, शान्ति र विकासको
आधार” भन्ने नाराका साथ सुरु भएको कार्यक्रमको राष्ट्रिय मानव
अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगन्जको आयोजना
तथा नेपाल पत्रकार महासघं जिल्ला शाखा बाँकेको सहकार्य भएको
कार्यक्रमको संचालन मानवअधिकार अधिकृत रमेश रावतले गर्नुभएको
थियो । कार्यक्रममा मानवअधिकारकर्मी, शसस्त्र प्रहरी, मानव वेचविखन
विरुद्ध काम गर्ने संघ संस्था, पत्रकार लगायतको सहभागिता रहेको
थियो ।


