१६ बैशाख २०८३, बुधबार

मिटरब्याजी पीडित संघर्ष समितिका महिला माथि ज्यादती गरेको आरोप लगाउदै जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रदर्शन

एसीपी संवाददाता

१२ पुष २०८०, बिहीबार २२:०२ मा प्रकाशित

अवस्था तनावग्रस्त, प्रहरीद्वारा बल प्रयोग

सर्लाही, १२ पुस । मिटरब्याजी पीडित संघर्ष समितिका सदस्य फतिमा खातुनलाई प्रहरीले पक्राउ गरेपछि जिल्ला प्रशासन कार्यालय मलंगवामा विहिवार तनावग्रस्त बन्यो । मिटरब्याजी पीडित संघर्ष समिति सर्लाहीले विहिवार सर्लाही सदरमुकाम मलंगवामा साहुहरुलाई स्थानीय प्रशासनले संरक्षण गरेकोमा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन जाँदा समितिका सदस्य खातुनलाई दुई जना महिला प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरी र मिटरव्याजी पीडित संघर्ष समिति बीच झड्प भएपछि अवस्था तनावग्रस्त बन्न पुगेका हुन् ।
ज्ञापन पत्र बुझाउन प्रमुख जिल्ला अधिकारी संग समय लिएपनि प्रजिअले साहुलाई राखेर हामीहरुलाई समय नदिएको तथा उल्टै महिला प्रहरी लगाएर समितिका सदस्य खातुनलाई नियन्त्रणमा लिएपछि जिल्ला प्रशासन कार्यालय अगाडी प्रहरी र प्रदर्शनकारीहरु बीच झड्प भए ।
प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी टायर बालेर प्रदर्शन गरिरहदा प्रहरीले लाठी चार्ज तथा टियरग्यास प्रहार गरेर अवस्थालाई नियन्त्रणमा लिए । प्रहरीको लाठी चार्जबाट ६ जना महिला घाइते भएको मिटरब्याजी पीडित संघर्ष समितिका सदस्य सरस्वती वाग्लेले बताइन् ।
राज्यले निर्धारण गरेको मापदण्ड एवं सहमती अनुसार कार्यान्वयन नगरेमा आज देखि नै अनिश्चितकालिन धर्ना प्रदर्शन सुरु गरिएको उक्त प्रदर्शन जिल्ला अदालत अगाडीको मुख्य सडक अवरुद्ध गरेर प्रदर्शन भईरहेको जानकारी मिटरब्याजी पीडित संघर्ष समितिका संयोजक रुकमणी चौधरीले बताइन् ।
चौधरीका अनुसार हिजो हरिपुर नगरपालिकाको लक्ष्मिपुरका पीडित महिला अमरुल खातुन र मलंगवा नपाको पीडिता मोतिमा खातुनलाई साहुले कुटपीट गरेपछि सोहीको विरोधमा आज प्रमुख जिल्ला अधिकारी कोमल धमलालाई ज्ञापन पत्र बुझाउन जाँदा कृत्रिम रुपमा अभद्र मुद्दा खडा गरेर फतिमा खातुनलाई पक्राउ गरेर साह्ै अन्याय गरेपछि हामी बाध्य भएर संघर्षमा उत्रिएका छौं उनले भनिन ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले १५ दिन अघिको छलफलमा महिला प्रहरी माथि फतिमाले अभद्र व्यवहार गर्दा निज माथि अभद्र व्यवहारको मुद्दा चलाइएको हुँदा उनलाई नियन्त्रणमा लिएपछि उग्र बन्दै प्रदर्शनकारीहरु टायर बालेर ढुंगामुढा गरेको, प्रहरीको भ्यानमा क्षति पुर्याएपछि सामान्य बल प्रयोग गर्नु परेको बताए । डिएसपी पंजियारले तिन राउण्ड टियरग्यास प्रहार गरेर अवस्थालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय मलंगवाबाट प्रदर्शनकारीलाई हटाइएको स्पष्ट पारे ।
मिटरब्याजी पीडितहरुद्वारा अदालत रोडलाई अवरुद्ध गरेर प्रदर्शन गर्दै छ नी प्रश्नको जवाफमा डिएसपी पंजियारले ठूलो संख्यामा प्रहरी परिचालन गरेर अवस्थालाई नियाली रहेको बताए । मिटरब्याजी पीडित तर्फ ६ जना महिला घाइते छ नी प्रश्नको जवाफमा त्यो कुरा आफूलाई थाहा नभएको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x