२ श्रावण २०८३, शनिबार

मिलेर सरकार बनाम के गर्न पर्छ म तयार प्रधानमन्त्री केपी ओली

एसीपी संवाददाता

७ मंसिर २०७७, आईतवार १३:२३ मा प्रकाशित

सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला कांग्रेस सभापतिसँग शनिबार दिउँसोको भेटलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ। संवैधानिक रिक्त पदमा नियुक्तिका विषयमा छलफल गर्न भनेर ओलीले देउवासँग सत्ता साझेदारीको विषयमा कुरा गरेको बताइएको छ।

‘खास त्यहाँ संवैधानिक रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न भनेर सभापतिसहितका केही नेतृत्वलाई बोलाइएको थियो। सोहीअनुसार जानुभयो पनि,’ कांग्रेस भन्यो, ‘केहीबेर रिक्त पदका विषयमा कुरा गरे पनि डेढ घण्टाको समय प्रधानमन्त्रीज्यूले सत्ता साझेदारीको कुरा गर्नुभयो। उहाँले त अब मिलेर सरकार बनाम के गर्न पर्छ म तयार भन्नुभयो।’

दिउँसाे तीन बजे बालुवाटार छिरेका देउवा ४ः३० बजेपछि मात्रै बाहिरिएका थिए। डेढ घण्टाको भेटवार्तामा २५ मिनेट समय ओली र देउवा ‘वान टु वान’ छलफल गरेको स्रोतले बतायो।

संवैधानिक निकायमा पदाधिकारी नियुक्ति,उपकुलपतिविहीन बनेका विश्वविद्यालयमा उपकुलपति सिफारिस गर्ने विषयमा कांग्रेससँग सहमति खोज्न नेकपाको तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा दिइएको बताइएको छ।

यसअघि पटक-पटक यस विषयमा भएको छलफलमा पनि देउवासँगै लेखक र ओलीसँगै नेम्बाङ हुने गरेका थिए। अघिल्लो महिनामात्रै नेकपा नेता नेम्बाङ संवैधानिक नियुक्तिको विषयमा छलफल गर्न भन्दै देउवा निवास पनि पुगेका थिए। संवैधानिक निकायमा प्रमुख आयुक्त र आयुक्तहरू गरी ४८ पद खाली छ। कांग्रेसले अख्तियारलगायतका आयोगमा दाबी छोडेको छैन।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री ओलीविरुद्ध भ्रष्टाचारलगायतका आरोपसहित राजनीतिक प्रतिवेदन पेश गरेसँगै विवाद चर्किरहेको छ। यता, ओलीले पनि मंसिर १३ गतेसम्मको लागि प्रचण्डको प्रतिवेदनको जवाफ दिनको लागि समय मागेका छन्।

मंसिर ३ गते सचिवालय बैठक बसेर १३ गतेसम्मका लागि ओलीकै आग्रहमा बैठक सारे पनि दुई अध्यक्षबीच कुनै समझदारी बन्ने संकेत छैन। ओलीले देउवासँग सत्ता साझेदारीका विषयमा छलफल गरेसँगै नेकपा भित्रको विवादले झन उग्ररूप लिने पक्का छ। स्रोत थाहाखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x