२ श्रावण २०८३, शनिबार

मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुंगाप्रहार गरिंदा नेता कहाँ निदाएका थिए

एसीपी संवाददाता

७ मंसिर २०७७, आईतवार ०७:३२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको नाराबाजीको घटनाप्रति नेताहरुबीच जुहारी चलेको छ। नेकपाका शीर्ष नेताहरुबीच विवाद चरम उत्कर्षमा पुगेको समयमा शनिवार चितवनमा भएको घटनाले दुई गुटको विवादलाई थप मलजल गरेको छ।

शनिवार चितवनको एक कार्यक्रममा प्रधानमन्त्री केपी ओली निकट कार्यकर्ताले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी गरेका थिए।

यही घटनालाई लक्षित गर्दै नेकपा प्रचार विभाग प्रमुख तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति निकालेका थिए। श्रेष्ठले घटनाको निन्दा गर्दै यस्तो व्यवहारले कम्युनिस्ट आन्दोलनलाई मात्र नभएर कसैको हित नगर्ने बताएका थिए।

‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद क.सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्ब्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ। यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन। चेत होस्, श्रेष्ठले शनिवार ट्वीट गरेका थिए।

उक्त वक्तव्यप्रति नेकपा प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन्।

सोही वक्तव्यको स्क्रिनसट गर्दै प्रचार विभाग थापाले गुटगत वक्तव्यबाजी गरेको भन्दै श्रेष्ठको भनाइप्रति आइतबार बिहान आपत्ति जनाएका हुन्। उनले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएको थियो क्यारे भन्दै कटाक्ष गरेका छन्। थापाले ट्वीट गर्दै चितवनमा पार्टी एकता जिन्दावाद भन्दै नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देखेको भन्दै टिप्पणी गरेका छन्।

‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिँदा निदाउनुभएको थियो क्यारे! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ – गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी! दुबै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी !

चितवन २ बाट संघीय सांसदसमेत रहेका पाण्डे जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवन पुगेका थिए। शनिवार उनीविरुद्ध नाराबाजी भएको थियो। उक्त घटना निन्दनीय रहेको भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले घटनाको दोसिलाइ कार्यवाहिको माग गरेका छन् । पहिलोपोस्ट बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x