२४ आश्विन २०८३, शनिबार

मुख्यमन्त्री भट्टविरुद्व प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यद्वारा हस्ताक्षर अभियान शुरु

एसीपी संवाददाता

११ पुष २०७७, शनिबार १८:३१ मा प्रकाशित

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्व प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यले हस्ताक्षर अभियान चलाएका छन्।

प्रतिनिधिसभा विघटनपछि विभाजित देखिएको नेकपाभित्र सत्ता समिकरणको अंकगणित तीव्र बनेका बेला सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री विरुद्व हस्ताक्षर अभियान चलाएका हुन्।

मुख्यमन्त्रीको कार्यशैलीलाई लिएर विगतदेखि असन्तुष्ट रहेका प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यहरुले नेतृत्व परिवर्तन गर्नुपर्ने माग राख्दै हस्ताक्षर गरेको स्रोत बताउँछ।

‘अहिलेसम्म १८ जना माननीय ज्यूले हस्ताक्षर गरिसक्नुभएको छ,’ एकजना प्रदेशसभा सदस्यले दिनेशखबरसँग भने,‘अन्यले पनि हस्ताक्षर गर्ने क्रम जारी छ। साँझसम्म त्यो संख्या बृद्धि हुनसक्छ।’

बहुमत प्रदेशसभा सदस्य आफ्नो पक्षमा रहेकाले सुदूरपश्चिम सरकार सुरक्षित रहेको दाबी गरिएका बेला प्रचण्ड–नेपाल समूहभित्रै हस्ताक्षर अभियान चलाइएको हो।

पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीको अगुवाइमा हस्ताक्षर भइरहेको स्रोतको दाबी छ। तर सोडारीले भने आफूलाई सो विषयमा जानकारी नै नभएको प्रतिक्रिया दिए।

सोडारीले शनिबार बिहान दिनेश एफएमको नागरिक सवाल कार्यक्रममा कुराकानी गर्दै प्रचण्ड–नेपाल समूहभित्रै मुख्यमन्त्रीसँग धेरै प्रदेशसभा सदस्य असन्तुष्ट रहेको कुरा खुलाएका थिए।

उनले मुख्यमन्त्रीले असन्तुष्टि व्यवस्थापन गर्न नसकेमा उनकै पक्षमा रहेका प्रदेशसभा सदस्यहरुले विद्रोह गर्नसक्ने जनाएका थिए।

‘हस्ताक्षरको कुरा तथ्यपरक होइन्’

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले भने हस्ताक्षर अभियान चलेको कुरा सुनिएको भएपनि त्यो तथ्यपरक नभएको दाबी गरेका छन्।

‘बिहान मात्र मुख्यमन्त्री ज्यूले अध्यक्ष कमरेड प्रचण्डसँग छलफल गरेर आउनुभएको छ। प्रदेश सरकारसँग सम्बन्धित कुनै पनि निर्देशन पार्टीको छैन्,’ओलीले भने, ‘पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउनुपर्ने कुरा भएका कारण बजारमा आएको हल्ला मात्र हो त्यो कुरा तथ्यपरक भने होइन्।’दिनेशखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x