मुख्य नाका बन्द भए पनि कुन बाटो आयो मोबाइल ? २५ थान मोबाइल प्रहरी नियन्त्रणमा
भन्सार छली चोरी निकासी गरी अबैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको २५ थान मोबाईल सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

आइतबार बिहान ९:३० बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका ६ स्थित वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले ३१ बर्षिय अमर नाथ सोनीलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
सोनीले चलाएको भे ५ प २६८१ नं.को स्कुटी रोकी चेकजाँच गर्ने क्रममा सोहि स्कुटीको डिक्की भित्र राखेर भन्सार छली चोरी निकासी गरी भारतबाट नेपाल ल्याउदै गरेको OPPO A5 S – ४ थान, REALME 5I -२ थान, NARZO 20 – ५ थान, REDMI NOTE 8 – १ थान, POCO X2 – १३ थान र भे ५ प २६८१ नं. को स्कुटी सहित उनलाई नियन्त्रणमा लिएको हो ।
बाँके प्रहरी अनुसार बरामद गरिएको मोबाइल अन्दाजी जम्मा मुल्य रू ६,६५,०००/-( छ लाख पैसठ्ठी हजार) को रहेको जनाएको छ ।
थप आवश्यक कारवाहिको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको उक्त जिल्ला प्रहरी कर्याकर्ता बाँकेले जनाएको छ।



