३ श्रावण २०८३, आईतवार

मुस्लिम समुदायको चीनलाई चेतावनी अत्याचार बन्द गर

एसीपी संवाददाता

१५ मंसिर २०७७, सोमबार ०६:१३ मा प्रकाशित

सरकारबिरूद्ध अहिले राजतन्त्रका लागि भ्रष्टाचार विरुद्ध आन्दोलन जारी रहेको छ । अहिले केही दिन बाट हुम्लामा चीनले सिमा मिचेको भन्दै विभिन्न जिल्लाहरुमा गो ब्याक चाईना भन्दै नारा जुलुश भइरहेकै बेला पोखरामा नेपाली मुस्लिमहरूद्धारा प्रदर्शन, उइगर मुस्लिमहरुमाथि दमन नगर्न प्रदर्शनकारिहरुले चेतावनी दिएका छन् ।
चिनियाँ सरकारबिरूद्ध नेपाली मुस्लिमहरूद्धारा चिनियाँ सरकारबिरूद्ध पोखरामा प्रदर्शन भएको छ ।

मुस्लिम कल्याणकारी समाज, कास्कीले चिनियाँ सरकारले उइगर मुस्लिमहरुमाथि गर्दै आएको दमनको विरोध गर्दै पोखरामा प्रदर्शन गरेका हुन् । समाजले उइगरहरुमाथि दमन नगर्न पनि चीन सरकारलाई चेतावनी दिएको छ ।

चीनमा उइगर मुस्लिमहरुको स्थिति गम्भिर छ । सोही अवस्थाप्रति नेपाली मुस्लिमहरू आक्रोशित बनेका हुन् । मुस्लिम कल्याणकरी समाज चिनियाँ सरकारको क्रूर मानव अधिकार उल्लंघनको बारेमा आफ्नो विचार व्यक्त गर्न अन्तर्राष्ट्रिय समुदायमा सामेल भएका छन्।

केही दिन अघि मुस्लिम संगठनहरूका अगुवाहरुले काठमाडौँमै विरोध प्रदर्शन गरेको थियो । त्यही क्रममा गत शुक्रवार मुस्लिम कल्याणकारी समाजका कार्यकर्ताहरूको एउटा समूहले पोखरामा चिनियाँ सरकारविरुद्ध विरोध प्रदर्शन गरेक हुन् । समुदायका नेताहरूले ‘भविष्यमा उइगरहरु माथि हुने घटनाको हामी अवलोकन गछौँ।’ भनेका छन् ।

केही समय अगाडी चीनले अल्पसंख्यक समुदायमाथि धार्मिक दमन तीव्र पारेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको थियो । संचारमाध्यमहरुका अनुसार संयुक्त राज्य अमेरिकी विदेश विभागले जारी गरेको धार्मिक स्वतन्त्रताको बारेमा वार्षिक रिपोर्टमा चीनले विशेष गरी उत्तर पश्चिमी शिनजियांग प्रान्तका उइग, क्रिश्चियन, मुस्लिम, तिब्बती बौद्ध र फालुन गोंग लगायतका धर्मालम्बीहरु माथि धार्मिक दमन तीव्र परेको आरोप छ।

वार्षिक अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनमा विश्वव्यापी धार्मिक स्वतन्त्रताको अवस्थाको सर्वेक्षणले अमेरिकी कांग्रेसलाई बुझाएको थियो । उक्त प्रतिवेदनमा ‘राष्ट्रपति सि जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टीका सबै सदस्यहरू “निरक्षर मार्क्सवादी नास्तिक” हुनुपर्दछ भन्ने उर्दीको घोषणा गरे पनि सरकारले धर्ममाथि नियन्त्रण कायम राख्नुका साथै धार्मिक अनुयायीहरूको गतिविधि र व्यक्तिगत स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएको थियो।

उक्त रिपोर्टमा अप्रिल २०१७ देखि बेइजिङले १० लाख भन्दा बढी उइगर, जातीय कजाख, हुइ र अन्य मुस्लिम समूहका सदस्यहरूका साथै विघुर इसाईहरूलाई मनमानी ढंगले हिरासतमा लिएको छ र तिनीहरूलाई जबरजस्ती बेपत्ता पार्नु, राजनैतिक हिंसा, यातना, शारीरिक र मनोवैज्ञानिक दुर्व्यवहार, जबरजस्ती नसबंदी र यौन दुर्व्यवहार, जबरजस्ती श्रम, र उनीहरूको धर्म र जातीयताको कारण परीक्षण बिना लामो समयसम्म हिरासतमा रारेको अमेरिकी सरकारले अनुमान गरेको छ । नेपालपाना बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x