मोहित गुप्ताको नेतृत्वमा सम्पूर्ण सनातनी युवाहरूको टोलीले नेपालगञ्जमा ‘हनुमान अंश’ चलचित्र प्रदर्शनपछि प्रसाद वितरण
नेपालगञ्ज — नेपालगञ्ज स्थित सिने रोयल (Cine Royale) हलमा हालै आध्यात्मिक तथा प्रेरणादायी चलचित्र ‘हनुमान अंश’ को विशेष प्रदर्शन सम्पन्न भएको छ, चलचित्रको प्रदर्शन सकिएलगत्तै सनातनी युवाहरूको सक्रियतामा हल परिसरमा प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
नेपालगञ्जका जागरुक सनातनी मोहित गुप्ताको नेतृत्वमा सम्पूर्ण सनातनी युवाहरूको टोली यस चलचित्रले समाजमा दिएको सकारात्मक र आध्यात्मिक सन्देशबाट प्रभावित भएर चलचित्र समापनपश्चात् दर्शकहरूलाई प्रसाद वितरण गरेका हुन्, नीम करोली बाबा र हनुमान जी को महिमा तथा मानवता सेवाको भाव बोकेको यस चलचित्र हेर्न पुगेका दर्शकहरूले युवाहरूको यस प्रकारको धार्मिक तथा सामाजिक कार्यको प्रशंसा गरेका छन्।
प्रसाद वितरण कार्यक्रमको नेतृत्व गरेका मोहित गुप्ताले सनातन संस्कृति र मानवीय सेवाको भावनालाई जनमानसमा थप उजागर गर्न यस्ता रचनात्मक कार्यहरूले टेवा पुर्याउने बताएका छन्। चलचित्र हल बाहिर युवाहरूले प्रसाद ग्रहण गराएको यस दृष्यले नेपालगञ्जमा सनातनी युवाहरूबीच बढ्दो एकता र सक्रियतालाई झल्काएको छ।
copy_F85799C5-8BBA-425F-9360-0AC0135B8F48


