१ श्रावण २०८३, शुक्रबार

युद्ध रोक्न माग गर्दै माओवादी केन्द्रसहितका दलले इजरायली दूतावासमा ज्ञापनपत्र बुझाउँदै

एसीपी संवाददाता

२६ कार्तिक २०८१, सोमबार ०८:४२ मा प्रकाशित

शान्तिबाटिकामा भेला भई लाजिम्पाटस्थित इजरायलको दूतावासमा पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अभियानका संयोजक श्याम श्रेष्ठले बताए ।

इजरायलले मानवीय नैतिकता तथा अन्तर्राष्ट्रिय कानूनहरुको ठाडो उल्लंघन गरेको भन्दै त्यसको विरुद्ध प्रदर्शनसहित ज्ञापनपत्र बुझाउन जान लागेको उनले बताए ।

गत वर्ष अक्टुबर ७ मा प्यालेस्टाइन भूमिबाट इजरायलमा घुसेर हमास लडाकुहरुले आक्रमण गर्दा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो । हमासले नेपालका विपिन जोशीसहित २५१ जनालाई बन्धक बनाएको थियो ।

सो घटनापछि युद्धको घोषणा गर्दै इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । इजरायलको आक्रमणबाट हालसम्म ४४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मारिनेमा निर्दोष महिला र बालबालिकाहरुसमेत छन् । लाखौं संख्यामा मानिसहरु विस्थापित भएका छन् ।

‘इजरायलले आत्मरक्षाको अधिकारको नाममा विगत एक वर्षदेखि प्यालेष्टाइनको गाजा क्षेत्रमा तथा पछिल्ला महिनाहरुमा लेबनानमा समेत आक्रमण गर्दै आएको छ ।

त्यसैले ‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपाल’का संयोजक श्याम श्रेष्ठले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा बहुमत, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जसपा नेपाल, जसपा लगायत दलका प्रतिनिधिसमेतको सहभागितामा इजरायली दूतावासमा ज्ञापनपत्र बुझाउन लागिएको बताए ।

सो कार्यक्रममा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल, बृहत नागरिक आन्दोलन, नेपाल फर प्यालेस्टाइन पिपुल, प्यालेस्टाइन सोलिडारिटी नेपाल, पिपुल्स हेल्थ मुभमेण्ट नेपाल, विभिन्न ट्रेड युनियन संगठन तथा महासंघ, चिकित्सक, मानव अधिकारवादी संगठनको पनि प्रतिनिधित्व हुने श्रेष्ठले जानकारी दिए । अनलाइनखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x