राजतन्त्रको डरले निन्द्रा हराएको नेताहरु राप्रपा बोल्दा मौन
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक बोहोराले आफूहरुले राजा र हिन्दू राष्ट्र माग गरेको बताएका छन्।
राजा सहितको लोकतन्त्र र धर्मनिरपेक्षताका विषयमा सर्वदलीय बैठकबाट निर्णय गर्न आफूले माग गरेको बोहोराले जानकारी दिए। तर कुनै पनि दलबाट कुनै किसिमको प्रतिक्रिया नआएको उनको भनाई छ।
‘सर्वदलीय बैठक राखेर राजा सहितको लोकतन्त्र र हिन्दु राष्ट्रको प्रस्ताव गरेपछि कतैबाट जवाफ आएन। यो दुई मुद्दामा सर्वदलीय बैठकबाट निर्णय गर्नुपर्छ भनेका छौं,’ उनले भने। बालुवाटारमा बसेको बैठक तीन घण्टासम्म चलेको थियो।
बोहोराले सडकमा भएको प्रदर्शनबारे आफ्नो धारणा राखेका जानकारी दिदै प्रदर्शनमा आफ्नो पार्टीको नैतिक समर्थन रहेको बताए।
‘सडकको आन्दोलन प्रति पूर्ण रुपमा नैतिक समर्थन छ भन्यौं। राजालाई पनि यही संविधान अन्तर्गत राखेर अघि बढन सकिन्छ। हामीले विकल्प दियौं,’ उनले भने।
बोहोराका अनुसार विभिन्न दलका नेताहरुले सडकमा राजाको समर्थनमा भइरहेको आन्दोलन प्रायोजित हो कि स्वस्फूर्त रुपमा भएको हो भन्ने शंका जाहेर गरेको पनि बताए। नेपालदिप बाट


