राजनीतिक कोरोनामा छु,तर म कमजोर भएको छैन-महरा
पूर्वसभामुख कृष्ण बहादुर महराले नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाश शरण महतलाई सोधे- तपाईंहरूको पार्टीको के छ ?
डा. महत : हाम्रो त ठिकै छ,तपाईंको के छ?
कृष्ण महरा : म त उता गएको छैन, म त कहीं छैन नि! राजनीतिक कोरोनामा छु, तर म कमजोर भएको छैन।
डा.महत : मसँग सभामुख भनेर सेभ गरेको नम्बर थियो, समवेदनाका ब्यक्त गर्न धेरै पटक फोन गरें तर लागेन,अहिलेको नम्बर दिनुस् त।
(केही दिनअघि महराकी पत्नीको निधन भएको थियो। अहिले महरा दाङमै छन्। पार्टीको कामको शिलशिलामा महत पनि दाङ पुगेका थिए।)
कृष्ण महरा : अब ‘महरा ’भनेर सेभ गर्नुस न है। (महराले महतलाई मोबाइल नम्बर दिए)
यी पूर्वसभामुख महरा र कांग्रेस सह महामन्त्री महत बीच भएका कुराकानीका अंश हुन् ।
नेकपामा शंका स्पद स्तिथीमा गौतम बादललाई फकउन प्रचण्ड ओलिको कसरत
कुराकानी यस्तैगरी अघि बढिरह्रो।
सभामुख महराकी पत्नीको निधनपछि समवेदना प्रकट गर्न डा.महत महरा निवासमा पुगेका थिए।
महत सँगको भेटमा महराले राजनीतिक जीवनबाट कत्ति विचलित नभएको बताईरहँदा उनी भावुक देखिएका थिए।
डा.महतसँग एउटै क्याविनेटमा बसेर काम गरेका दिनहरूलाई सम्झिदैँ महराले भने- ‘सेवा गर्ने मनभए गाउँ अनि आफ्नो निर्वाचन क्षेत्रमा बस्नुपर्दो रहेछ, कसैलाई सिध्याउनु छ भने काठमाडौं बस्नुपर्दो रहेछ।’
कुराकानीकै बेला डा.महतले महरालाई राजनीतिक जीवन बनाउन र जोगाउन जनताको साथ चाहिने बताएका थिए।
डा.महतलाई जवाफ दिंदै महराले भने, ‘हो तपाईले भने जस्तै म जनताको सेवा मै जीवन बिताउनेछु।’
महराले आफू काठमाडौं आउँदा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्ने इच्छा समेत ब्यक्त गरे। महराले भने, ‘देउवा जी मलाई असाध्यै माया गर्नुहुन्छ।’
दाङ स्थित महरा निवासमा अझै शोकमै छ।
महरासँगको केही बेरको भेटघाट सकेर फर्किने बेला महतले दाङका कांग्रेससभापति सभापति कीर्तिबहादुर खड्कालाई बोलाएर महतले सम्झाए ‘हामी मानवीय समवेदनामा निकै संवेदनशील रहनु पर्छ है! राजनीति बेग्लै कुरा हो,आफन्त त्यसमाथि पनि जीवनसाथी गुमाउनुको पीडा ब्यक्तिगत जीवनको अत्यन्तै अप्ठ्यारो अवस्था हो।
‘पुराना कुरा सम्झिने हो भने त माओवादीहरुले सबैभन्दा बढी कांग्रेस कै कार्यकर्ताको हत्या गरेका थिए। त्यसो भनेर अहिले पीडामा भएकाहरू प्रतिको ‘सिमप्याथी’ मार्नुहुँदैन’, डा.महतले सम्झाए।
प्लाज्मा डोनेशन सम्बन्धी एउटा कार्यक्रमलाई सम्बोधन गर्न नेपालगन्ज पुगेका डा. महत निवर्तमान सभामुख महरालाई समवेदना दिन दाङ पुगेका थिए।
आईतबार बिहान महरालाई भेट्ने तारतम्य मिलाएका थिए लुम्विनी प्रदेशका सभासद डिल्लीबहादुर चौधरीले। सह महामन्त्री डा.महत कांग्रेस कोभिड-१९ अनुगमन समितिका केन्द्रीय संयोजक समेत हुन्। आयोमेल बाट


