११ मंसिर २०८३, बिहीबार

राजसंस्थाको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन

एसीपी संवाददाता

१८ पुष २०७७, शनिबार ०९:५१ मा प्रकाशित

राजसंस्थाको माग गर्दै राजावादीहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

राजावादीहरुले हिन्दु राष्ट्र र राजसंस्था फर्काउने नारासहित राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरेका थिए ।

राष्ट्रिय शक्ति नेपालको व्यानरमा राष्ट्रिय झण्डासहित उपस्थित भएका युवाहरुको समूहले गणतन्त्र र संघीय शासन व्यवस्थाविरुद्ध चर्को नाराबाजी गरेका थिए ।  राजतन्त्र पुनस्थापना माग गर्दै उनीहरुले प्रर्दशन गरेका हुन् ।  यसअघि राजावादीहरुले देशका बिभिन्नशहरमा शक्ति प्रदर्शन गरिसकेका छन् ।

मुलुक संकटमा परेकाले अव राजसंस्था फर्काउनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेको जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x