२२ आश्विन २०८३, बिहीबार

राजसंस्था पुनर्वहालीको माग गर्दै विशाल प्रदर्शन गर्ने तयारी

एसीपी संवाददाता

२२ मंसिर २०७७, सोमबार १५:१७ मा प्रकाशित

राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्वहालीको माग गर्दै विशाल शक्ति प्रदर्शन गर्ने भएको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समाजले आगामी मंसिर २६ गते शुक्रबार दिउँसो १२ बजे रत्नपार्कमा विशाल राजावादी जनप्रदर्शन गर्ने जनाएको हो ।
राजतन्त्र पुनर्वहाली गर्न, ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबार राजगद्दीमा बिराजमान गराउन, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपाल बनाउन, धार्मिक स्वतन्त्रता सहित हिन्दु, बौद्ध, किराँत अधिराज्य नेपाल कायम राख्नका लागि राजावादी जनप्रदर्शन गर्न लागिएको समाजले जनाएको छ ।पत्रकार सम्मेलनमा राष्ट्रवादी नागरिक समाजका संयोजक चबराले राजतन्त्रको पुर्नबहालीका लागि देशव्यापी आन्दोलन अन्र्तगत २६ मंसिरमा जनप्रदर्शन गर्न लागेको बताउनु भयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही भएको र प्रचण्डले देशलाई नै संकटमा पारेकोले जनताको आशा र भरोसा गुमाएको टिप्पणी गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x