११ मंसिर २०८३, बिहीबार
राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा काठमाडौंमा बृहत मोटरसाइकल र्याली
लक्ष्मी थारु एसिपीन्युज । राष्टिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा बृहत मोटरसाइकल ¥याली निकालेको छ ।
¥याली बबरमहलबाट शुरु भएर थापाथली त्रिपुरेश्वर सुन्धारा रत्नपार्क जमल हुँदै दरबार मार्ग पुगी सभामा परिणत भएको थियो ।
¥यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी थिए । राप्रपा एवं उसका भातृ संगठनहरुले यसअघि पनि बिभिन्न जिल्लामा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका पक्षमा र्याली एवं कोणसभाको आयोजना गर्दै आएका छन ।
सोही क्रममा शनिबार काठमाडौंमा मोटरसाइकल र्यालीको आयोजना गरिएको राप्रपाले जनाएको छ ।
Subscribe
Login
0 Comments


