राप्रपा युवा सगठन क्षेत्र ३ मा रोहित केसी संयोजक चयन
बाँके/राष्ट्रीय प्रजातान्त्रिक युवा संगठन बाँकेको आयोजनामा क्षेत्रीय कमिटी गठन भएको छ। उत्त क्षेत्रीय कमिटीको संयोजक रोहित केसी गरी २१ सदस्यको क्षेत्रीय कमिटी गठन गरिएको छ। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बाँकेको वडाहरूमा सक्रियता पूर्वक कमेटी गठन गरी रहेको छ।क्षेत्रीय कमिटी गठन कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा नेपालगंज उपमहानगरपालिका प्रमुख डा.धवल शमशेर राणा, केन्द्रिय सदस्य तेजबिक्रम शाह, गौरव चन्द ,बाँके जिल्ला अध्यक्ष नरेन्द्र कुमार पौडेल, क्षेत्रीय अध्यक्ष दीपेन्द्र बहादुर सिंह, नगर अध्यक्ष मनोज कुमार श्रेष्ठ, राष्ट्रीय प्रजातान्त्रिक युवा संगठन बाँके सचिव अरुण कुमार शर्मा,नगर अध्यक्ष रबि शंकर बर्मा सहितको उपस्थिति रहेको थियो।
प्रमुख अथिति डॉ. धवल शमशेर राणाले नवनिर्मित क्षेत्रीय कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकाल शुभकामना दिएका थिए।
यूवाहरूलाई देशको बिकास तथा स्वाभिमानको लड़ाईमा निस्वार्थ भावले प्रेरित भई सगठन विस्तार तथा स्वयं जनप्रतिनिधिका लागी चुनावमा भाग लीन राष्ट्रीय प्रजातान्त्रिक युवा संगठन बाँकेका
अध्यक्ष हुकुम सिंह केसीले निर्देशन दीनू भयो ।
हिन्दुराष्ट्र र राजसंस्थाको लागि आफु निष्ठा पूर्वक लाग्ने र बिस्वासको साथ जिम्मेवारी दिएकोमा आफुले लगन साथ कार्यकाल सफल पार्ने क्षेत्रीय कमिटी संयोजक रोहित केसीले बताए।


