१२ असार २०८३, शुक्रबार

राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी कोरोना संक्रमणमुक्त

एसीपी संवाददाता

२२ पुष २०७७, बुधबार १९:०७ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी कोरोना संक्रमणमुक्त भएका छन् ।

चितवनमा भएको गौतमबुद्ध कपपछि कोरोना पोजेटिभ देखिएको र तीन सातापछि कोरोना संक्रमणबाट मुक्त भएको उनले जनाएका छन् ।

‘२१ दिनको आइसोलेसनपछि मेरो कोभिड परीक्षण नेगेटिभ आएको जानकारी गराउन पाउँदा एकदमै खुशी छु’ भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

गौतमबुद्ध कपको फाइनल खेलपछि उनलाई ज्वरो आएको थियो । त्यसपछि आइसोलेट भएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

‘अहिले म ठीक हुँदै र स्वास्थ्य राम्रो छ । यो कठिन समयमा सपोर्ट गर्ने सबैलाई धन्यवाद । सुरक्षित बस्नुहोस्’ विनोदले भनेका छन् ।

बागमती प्रदेश क्रिकेट संघको आयोजनामा मंसिर २७ देखि ३० गतेसम्म चितवनमा भएको गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको उपाधि विनोदको कप्तानीमा रहेको भेरीले जितेको थियो ।

कोरोना संक्रमणकै कारण गौतमबुद्ध कप गुमाएका अलराउण्डर पारस खड्का पनि दुई दिनअघि कोरोना मुक्त भएका थिए । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x