२३ आश्विन २०८३, शुक्रबार
राष्ट्रिय युवा संघद्वारा बैजनाथ गाउँपालिकामा बृहद रक्तदान
राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा शुक्रबार प्रभात मावि जि गाउँमा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा संघ बाँकेका संयोजक कुश्माखर बस्यालका अनुसार दिउसो ३ बजेसम्म नेकपा नेता रत्न खत्री, डम्बर विक, रेणुका खड्का, अव्दुल हुसेन खाँ लगायत दुईसय बढिले रक्तदान गर्नुभएको छ । रक्तदान कार्य अहिले पनि चलिरहेको छ ।
संघका बैजनाथ गाउँपालिका कमिटीका संयोजक अगन मल्लको अध्यक्षता र राजु रुचालको सञ्चालनमा भएको कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, संविधानसभा सदस्य दलबहादुर सुनार, नेकपा बाँकेका सचिव अशोक कोइराला, कार्यालय सदस्य निरक गुरुङ, संघका जिल्ला इन्चार्ज सुरज जागा, सुनिल रसाईली लगायतले मन्तव्य ब्यक्त गर्दै नेकपालाई कुनैपनि हालतमा बिघटनको दिशातर्फ जान नदिन शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।
Subscribe
Login
0 Comments


